म स्वास्निमान्छे भए के गर्थे ?

 

 माथि  को यो शिर्शक पढे पछी सबै ले मलाई गाली गर्नु भयो होला । यो त देवकोटा को निबन्ध को शिर्शक हो, यो फठाहा भएछ । लेखाईमा पनि यस्तो चोरि चकारी अनी फट्याँई गर्नु हुन्छ । यो त सरासर बेईमानी हो । म पुरुष हुँ । मैले चाहेको गर्न सक्छु किनकी मलाई समाजले तेती सहजता दिएको छ । मैले चाहे भने अघी को कुनै यूग अनी पछी आउने कुनै यूग लाई हाँक्न सक्छु । म यो निम्बन्ध भरी स्वास्निमान्छे हुन चाहन्छु । म तपाईं को आँखा ले मलाई हेर्ने दृष्‍टिकोण परिवर्तन गर्न चाहन्छु र यो पढि सकेपछी भन्नु होला क्याबात ! 

यस्को लागि त यही शीशर्क चाहिन्छ चाहे जो कसैले पहिला लेखीसकेको होस् । देवकोटा ले त्यो लेख्दा कती हद सम्म स्वास्निमान्छे बने म त्यो किट्न्न सक्दिन तर म पूर्ण रुपमा स्वास्निमान्छे भएको छु यो निबन्धमा ।
देवकोटाले भने झै मेरो पनि यो आत्मा बिरोधि कल्पना नै हो । म त खाली असम्भाब्यता मा खोज गर्धै छु कि मेरो मनले देखेको स्वास्निमान्छेको चरित्र कस्तो हो । मेरो कुर अलिक फरक छ । देवकोटा ले झै मैले आफुलाई २० २१ बर्ष कम् गरी यौबनपरीणति लिन सक्ने अवस्थामा पुग्नु परेको छैन किनकी म सो अवस्था लाई पार गर्धै छु । जसै देवकोटाले आफ्नो उमेर घटाएर त्यो यौबनाबस्थामा लगेर मेरो चाख बडाएथे तय्सैगरी मैले पनि यस्मा अलिकती गुलियो त भरे हुँला । 

मधुबाला र कामिनी जस्तो मात लगाउने त् हुन सक्दिन तर काल्पनिक परिणतिको जादु सबै जादु को राजा हुन भनेर देवकोटाले भनेझै चै अबश्य होला । अब, म अलिकती सुन्दरी मादक श्त्री देवकोटाकै सोचाईको । जन्म: १९८३, पढाई मा अलिक तेज । सोच्नु भयो होला, यस्को पछाडि कती केटाहरु रङलीला देखाउदै होलान । तर कुरा देवकोटाका अलबेली ठटौली सँगीनिहरु ले भनेझै मन्त्रायणी बन्ने हैसियत भने राख्दिन । न त् म बोली चाली मा त्यती प्रखर  नै छु अली गम्म मुद्राको छु रे भन्ने पनि अन्तै बाट हल्लियर आईपुग्यो । भन्नु पर्दा गौड मुद्रा को एक श्त्री । म कुरा चपाएर गर्दिन अनी यस्मा श्त्रिको भाबना अनी चरित्र कस्तो हुन्छ त्यो भन्न पनि चाहन्न जुन हैशीयता मेरो छैन । देवकोटा पनि श्त्री बन्न चाहे तर पुरुषको प्रभुत्तोमा बस्न चाहेनन्, जग दम्बिकाको ज्वाला हुन चाहे । 
म पुरुष को आँखामा लाली भएर बस्न र आसु भएर झर्न चाहन्न । म त स्वतन्त्र सचेत महीला हुँ । कुनै पुरुष लाई मेरो शरीरको सुगन्धमा रम्न दिन्न । यो मेरो शरीर हो चाहे जस्तोसुकै हाल मा राखुँ । मेरो रसोमय बैस लाई अपब्बय गराउन चाहन्न । हुनत देवकोटाको त्यही  सौन्दर्य  र रसोमय बैस लाई अपब्बय भनेछन रे समालोचकहरुले । त्यती बेला देवकोटा देश बिकासमा थिए, यूग् हाक्ने विश्वाशमा । त्यसैले उनलाई असल र अग्रणी नेत्रिको भूमिकाको लागि महिला बनाईदियो तर म मेरो देश होइन श्त्री चरित्र हाक्दैछु । भन्छन नि पोथी बासेको राम्रो होइन र यो खाली उखान मात्र पनि होइन यो वास्तविकता हो, किनकी म बास्दिन मेरा सहपाठिहरु बास्छन । मात्र मेरो रौस यस्मा हो । आजकाल स्वास्नी मान्छे आफ्नो उपायोग् राम्ररी गर्दैनन,  आफ्नो बहुमुल्यता लाई बिर्सदैछन जस्ले समाजमा समाजकला होइन, समाजकलँन्क ल्याउदैछ । म यीनिहरु भन्दा फरक छु त्यसैले म आफु माथि गर्ब गर्न्न सक्छु ।

देवकोटा अम्बिका बन्न चाहे उन्को मासु को मिठासमा लोभिने लाई सुम्भनिसुम्भ दानब को दर्जा मा राखे, त्यस्को पासब आकांश्या को हनन गर्नु नै उन्ले कुमारीत्त्वको दिब्यता सम्झे। मैले गरेको कल्पनासँग उन्को यो कल्पना ठ्याक्कै मेल खान्छ । म एउटा श्त्री, मैले मेरो सुन्दरता के को लागि जोगाई राखेको छु पती वा पवित्रता को लागि ? अबश्य पवित्रताको लागि । महाकाली, माहालश्मी, माहासरस्वति जागेर, जियर समाजका कर्म भुमिमा निस्क्न पाएनन, देवकोटाले दुखेसो पोखे । हामी आदर्श जप्न खोज्छौ । जपमाला ले बिग्रिन्छौ । आदर्श जिउन सक्दैनौ । 

मेरो कमलो श्त्री मन यही कुरा ले भाचिन्छ । मेरो सहपाठिले किन बुझ्न सकेनन् कि त्यो मात्र मासु को डल्ला होइन जुन कुकुर लाई पैंचो सरह होस् । त्यो त सुन्दरता हो, पवित्रता हो । पवित्र चाहन्छन आदर्श पुरुषले । हुन त तपाईं मध्य कती ले यो कुरा त झाँसिको रानी सँग दाजेर भएन भन्नु होला तर यी कुरा त देवकोटाले पनि चहेनी । एक तारा उदओस । एक मिरा बाईले अलापोस । एक सिताले अग्नी परिक्षा राखोस् । किन हामी उनी जस्तो वा उनले चाहेको जस्तो श्त्री बन्न सकेनौ । हामी नाम का सबित्री २० औं सताब्दिका सड्दा किरा हुँदैछौ, देवकोटाले यसै गरी भने । उनले त्यती बेला देसमा बिकास को नेत्रित्व पुरुष ले लिए भन्ने अर्थमा लिए होलान तर मेरो सताब्दिमा स्त्री को पवित्रता माथि नै खेलिदै छ । म कुनै पास्चात्य मुलुकको आईमाई होइन । मेरो कर्म, मेरो यूग् त् नेपाली पनाको छ । 

पुरुषको यूग् लाई जितेर, पुरुषको पुरुसत्त्वमा नरमेर महीला बर्ग ले अगाडि बढे भने जसरी तेन्जीङको बिजएमा विश्व एक कदम अगाडि आएर मिठास चाखेथ्यो मैले पनि त्यस्तै मिठास चाख्न्न पाउने थिएं देवकोटाले झै ।
मात्र एक फड्को होसियरी साथ चलाए पुग्छ । म मेरो र सम्स्थ महिला बर्गको बिजयी स्वर सुन्ने थिए । सिताको अग्नी परिक्षा बाट राम बिस्व्स्थ हुन सकेनन् तथापी एक आदर्श पुरुषको लागि एक आदर्श महीला हुनु यही जीवन को सार हो । पुरुको अन्याएलाई कोरा लगाएर दरुण दन्ड दिन चाहन्छन कबी देवकोटा ।

जगतले आदर्श पुरुषको रुपमा राम लाई लियो । अनी आदर्श नारी को रुपमा सिता लाई तर राबणलाई दुस्ट, दुराचरी, मानौ बलात्कारी सम्म पनि । सिता बिटुलो थीईनन् जहासम्म दिब्य पौराणीक कथाहरु को आधारमा त्यसैले म राबण लाई आदर्श पुरुषको रुप्मा लिन्छु जस्ले सिता माता लाई आफ्नो हक ठानेन । एस्ता पुरुषको जन्म यूगले फेरी नपाए सम्म नारिको हिफाजत हुँदैन, म यो सोच्दै छु मात्र नारी भएर । म त्यही रसिएन सुगठित, साँहाँशिली सुन्दरी को डाल वा तेज बाट लोभिएको छु जसरी देवकोटा पनि लोभिए ।  त्यही स्त्री हुन चाहन्छु जुन "युबक बिजय र रङरिना" मा देखाईएको थियो । 

 म देखेर सकल राजपुतहरु डराउन देवकोटा ले एही कल्पना गरे र पोथी आगो हुन चाहे । प्रकाश सिवाय अरुको प्रबेस हुने छैन भन्ने धारणा रखेराखे । कलात्मकता नै उनको आदर्श होस्, चाणक्य नितिको कट्टर बिरोधइनीबिरोधीनी हुँ, अन्त:स्करण् नछकाउनु मेरो सत्यको परिभाशा हो । शरीर तथा आत्माको आभुसण सामान अनुपातको हुनुपर्छ भन्ने बिचार  राखे । म उनी सँग एकदमै सहमत छु । देवकोटाको स्त्री रुप साहाशिलो थियो । तिमी किन यस्तो श्री बन्न सक्दैनौ जस्को परिकल्पना म गर्दै छु । हामी नयाँ यूग् को नारी बन्न किन सक्दैनौ ? देबकोटाले रचेको नारी र मैले रचेको नारी सताब्दियौं पछी उठेर आउन सक्दैन ?

देव्कोटाले अध्याएको अन्त्य  एसरी गरे ' ए म पुरुष हुँ है यस्ती घमन्डी महिला को हाँक सामना गर्ने मेरो जुँघा छ ! ज्या सफाचट पो भएछ ' ........ तर म यहाँ निर उनीसँग सहमत छैन किनकी म सँग ति महिला को हाँक सामना गर्ने जुँघा छ ।

Photo by Maryia Plashchynskaya on Pexels


No comments:

← Previous Post Read Previous Next Post → Read Next

About Me

My photo
I’m Human—warm like winter toast, but not especially easygoing. I write awkwardly, under my own name and sometimes as A’man(t), a medieval busker who can’t sing or dance. My name confuses people, my prose disappoints expectations, and my books are strange enough that I don’t recommend them. I listen to Jim Morrison, Jimi Hendrix, Willie Nelson, and other dead musicians. I overfeed my guppies. I’ve published books that barely explain me: Mimosa, Anugami, Who Will Bury the Dead God, The Outsider, and The Unknown Existence of Being. Cheers.

Join My Community