म घुमाउछु त्यो घण्टाघर को सुई

कोलाहाल त्यो एक्कासी ठप्प भईदीयो ।
कालो बादल निरशताको छप्प छाईदीयो ।
आत्तीयर कति त्यहाँ ककर्श रागमा गाउदैछन् ।
मंगल धुनले ढाकीदीन बडो जोर लाउदैछन ।

फाटेको जमिन भित्रै कति पसे रे ।
अस्ताएन सुर्य त्यहा कति डडे रे

प्रलयले उराठ लाग्दो शहर दखीयो ।
मौलाउन तयार सृष्टी सबै मेटीयो ।

ब्वासोहरुको रमिता बिस्तारै बड्ने छ ।
सन्तापको मलम छैन शरीर गल्ने छ ।
सोचे मैले समय त रोकीए जस्तो छ ।
तैपनी दुधे बालक सपनाको रस चुस्दो छ ।

(समबेदनाको भिड बाट अलग्गीयर मैले सोधे)

घाम अस्ताउने, उदाउने यो रित कसरि मेटियो ?
बेगबान पृथ्बीको परिक्रमै कसरी छोटीयो ?
मौलाउन तयार सृष्टी सबै रोकीयो ।
हल्का हल्ला सुने आज घण्टाघरको सुई रोकियो ।

प्रलयले उराठ लाग्दो शहर दखीयो ।
हल्का हल्ला सुने आज घण्टाघरको सुई रोकियो ।
......
← Previous Post Read Previous Next Post → Read Next

About Me

My photo
I’m Human—warm like winter toast, but not especially easygoing. I write awkwardly, under my own name and sometimes as A’man(t), a medieval busker who can’t sing or dance. My name confuses people, my prose disappoints expectations, and my books are strange enough that I don’t recommend them. I listen to Jim Morrison, Jimi Hendrix, Willie Nelson, and other dead musicians. I overfeed my guppies. I’ve published books that barely explain me: Mimosa, Anugami, Who Will Bury the Dead God, The Outsider, and The Unknown Existence of Being. Cheers.

Join My Community