तिमि म अनि मेरो देस


ति
मी आफ्नो प्रेमीकालाई माया गर्छौ । घर, परीवार, बन्द ब्यबसायको माया गर्छौ । यर्थाथ यही हो, बास्तबिकता त यही हो की तिमी आफु निकटका हरेक हरेक बस्तु माथी माया देखाउँछौ । तर तिमीलाई लाग्दैन कि तिमी कसैलाई प्रेम गर्न छोड्दै छौ, कसैप्रती मोह टुटाउँदै छौ—देशप्रेम । हो तिमीमा कती छ देशप्रेम, के तिमी देशभत्त छौ ? तिमीलाई तिम्रो माटोको माया छ ? एकजना भाईको फेसबुकमा स्टेटस पढे, रमाईलो लाग्यो । आफ्नो देशलाई मिस गर्दै छ रे, र्पसी नेपाल आउँदैछ—
आफ्नौ माटोमा, आफ्नै ठाँउमा । उसलाई माया छ रे आफ्नोे देशको ।  भाइर्, माया छ त बरा ! किन छोड्यौ आफ्नो जमीन, तिमी नेपाल आउने दिन पारेर यस्तो लेख्छौ तर तिम्री आमा प्रत्येक दिन तिम्रो वालमा यही लेख्छीन कि ‘सन्तान तिमी कहीले फीर्छउ तर तिमीले त्यस्तो पड्ने र्फुसद निकाल्न सक्दैनौ बस तिमीलाई अरुको सेवा गर्दैमा समय अभाब छ । तिमी जस्तो सक्षम सन्तान को चाहा छ तिम्री आमालाई । यस्ता दृष्टान्तहरु धेरै पाईन्छन् देशप्रेमका, देशभत्तीका, देश प्रतीको आदरका ।  तर हामीले एकछीन पनी सोच्न समय दिन्छौ की मैले आजसम्म कती योगदान गरे, मेरो देशले म बाट कती पायो । अँह, म निरुत्साह, निर्जीब हुन्छु यस्ता कुरा लेख्नु पर्दा । मैले मेरो देशबाट धेरै लिएको छु । म यही माटोमा बडेको हुँ सायदै कर्सले सोच्न भ्याउलान् । राजनैतीक अस्थीरताले गाँजीएको मुलुकमा कुनै पनी सन्तानले कर्के नजर सम्म पनी नलाउने अबस्था भईसक्यो यसको कारण तिमी जस्ता मान्छे भएर हो भाई । तिमी जस्ता सन्तानको कारणले यो आमाको बृद्ध शरिर झन अस्थीरतामा लुकामारी खेल्दै छ । तिमी रुङ्ग सक्दैनौ ? 


बिश्व अर्थतन्त्रको ९९ औँ स्थानमा रहेको मेरो मुलुकले म बाट केही खोज्दै छ । म सक्षम छु मैले मेरो भुमी प्रती बफदारी देखाए भने मेरी आमा म प्रती आभारी हुने थिईन तिमीले यसरी पनी सोच्न सक्छौ तर यो तिमीले ख्याल गरेनौ की तिम्रो सक्षमता कसप्रती पोखीदैछ, कसले लिदै छ ? तिमी ज्ञान कतातिर बाँटदैछौ । तिमी एक्लो छैनौ, तिम्रो मुलुक तिमी जस्ता करोडैं सपुतले भरीएको  छ । तिमी सचेत छैनौ तिम्रो आर्दशतम बिचारहरु के का लागी हुन र कसका लागी हुन् । भन, तिमी यस्तोमा एक्लो कसरी बाँच्न सक्छौ ? खुसी के का लागी हुन्छै बस तिमी समृद्ध मुलुकमा छौ । होईन तिमी गरीब छौ, तिम्रो मुलुक, तिम्रो माटो अझै गरीब छ । तिम्रा भाईहरु अझै गरीब छन् । तिम्रो संगीनीहरु अझै तिमी खेलेकै आँगनमा छुटेका छन् । तिम्रो दैंतरीलाई तिमीले माया मार्यौ मात्र एक्लो खुसीको लागी । तिमीलाई लाग्छ यो आर्दश हुन सक्छ देश प्रती ? बफदारी हुन सक्छ ? उत्तेजित नहोउ, बास्तबमै तिमी गलत छौ । तिमीलाई यही माटोले माथी उठ्न सिकायो । एक पसरी चिउरा र एक ढिक्का नुनले सजिएको तिम्रो पेटले अली बडी चहाना गर्नु गलत होईन तर तिमीले यही माटो मा भकारी भर्न सिक्नु पथ्र्याे । दिर्धकाल सम्म तिमी यही बस, यही माटो को पुजा गर म यो भन्दै पनी छैन तर तिम्री आमाको लाज त पहीले छोप, उनी नाङ्गीएकी तिमी देख्दैनौ ?
यो गोलार्धमा तिमी आफुलाइ कुन परीधी सम्म पुर्याउँछौ ? कसरी चिनीने चेष्टा गर्छौ मात्र म नेपाली हुँ भनेर या त सगरमाथाको एक्लो सानमा गर्वीलो बनेर । तिमी सानो भु्मरीमा घुमीईरहँदा नै किन नहोस्, तिमी जोगीएको अस्थाही छानोले तिमीलाई सुन्ने उत्कण्ठा बोक्दैन कनकी त्यो त बिरानो मुलुक हो । त्यसमा तिमी गर्ब गरेर बस्न सक्दैनौ । परीचीत माटो बिना तिमी माथी जान सक्दैनौ । तिम्रो माटो त यहाँ छ—नेपालमा । तिम्रो पाईतालाहरु यही रमाउछन् न की तिमी नाङ्गगो हिड । धुपले सेकीएको बालुवाका बगरहरुमा तिमी नाङ्गगो पाईताला डुबाएर किन नबस शितलता दिन तिम्रो छहराहरु र्जुमुराउछन् कनकी तिमी तिनका सन्तान हौ, यिनै र्धती तिम्री आमा हुन् । माया गर्न सिक यस आमाको जसले तिमीलाई हुर्काएर चल्न सिकाईनन् । सोच तिमी कतै बिचलति हुदै छौ की यो रङ्गगीन संसारमा । बिदेशी रक्सीको प्रतीक्रीयामा लट्ठीएर तिमी कतै देश भत्ती त बोलीरहेको छैनौ । तिमीलाई लाज लाग्नु पर्ने हो, तिम्रा माटोका नानीहरु पानीकै लागी हाहाकार गर्दैछन् । तिमी बिदेशी स्याम्पेनमा घुलीदैछौ । धिक्कार तिम्रो देशभत्ती ! शिक्षा, स्वास्थ्य र भोकमा पिल्साएर कप्टेराको चार भित्ता भित्र सिमीत पारेका यिनलाई तिम्रो सहानुभुती होईन मात्र बिकाश देख्नु छ ।  तिमी कुन खुसीको लागी त्यो मरभुमीमा दौड्दै छौ ? तिम्रो दुखी दाजुभाई त यता छन् । हेर, यता छन् । अब अभीभाबक बन्ने पालो तिम्रो हो । प्रत्येक दिन दयनियताबाट निस्कीएका प्रतीध्वनीहरु तिम्रा कान सम्म आईपुग्दा हुन्, तिमीले पत्तो पाउछौ । गलत, तिमी त्यसलाई सुबिस्ताको संगीतमा बिलाईदिन्छौ । खोई तिमीले बास्तबीक जिबन जिएको ?


प्रो.गुत्ता खुसी देखीएका थिए । क्यानेडिएन भुमीमा पाईला हाल्न पाँउने हुँदा । 
हातमा भोलीको उडानको भिजा थियो । उनकी आमा बाध्यतामै भएपनी सन्तानको खुसीको लागी, आज अंगालो हाली बिदा दिदै थिईन । तर बास्तबमा के तिम्री आमा खुसि थिईन ? तिम्रो अनुपस्थीतीमा आमा बिचलित हुन्नन् ? तिमी सोच्दैनौ । तिमी पामर हौ । तिमी त हर्षातिरेक तिर लम्कीदै हुन्थ्यौ । धत् तिमी बुझ्दैनौ तिम्री आमा तिम्रो प्रतिक्ष्यामा हुन्छीन । तिमीलाई र्फकाउन चाहान्छीन कीनकी तिमी सक्षम छौ यो देशको निम्ती । उनी चाहान्छीन पसिना बगाओस् आफ्नौ माटोको निम्ती । प्रो. गुत्ता आँगनको पल्लो छेउ तिर बसेर कराउँदै हुन्थे । बृद्ध आमा बाबुको खयाल गर्नु । होइन उनलाई कसरी याद आएन माटोको, नेपालीको प्रोफेसर थिए—देशको गाथा त बुझ्नु पर्ने । उनी पनी मिलीगए बिदेशी माटोमै ।
तिम्री आमा तिम्रो बाटो हेर्दै हुन्छीन् । तिम्रो कामनामा प्रत्येक साँझ दियो झुल्काउन भुल्दीनन् तर तिमीलाई संझना पनी छ की तिम्री आमाले तिम्रो लागी लोरी गाउँथीन् । अबश्य नै, तिमीलाई त्यो बिशाल परमान्दले ढाकीसकेको हुन्छ । तिमी पश्चीमा संस्कृतीमा बोली मीलाउन थालीसक्छौ तिमीलाई तिम्री आमाको लोरी याद नहुन सक्छ । म गलत हुन्न तिमीलाई यसो भन्दै गर्दा । तिमीले त प्रेम गरेछौ त्यही देशमा, त्यहीको माटो संग । भैगो अब तिमी र्फक आफ्नै परिबेशमा, तिम्रा छिमेकीहरु रत्यौली गर्न तम्तयार छन् ।


यो मुलुक गरीब थियो जब तिमी गरीब थियौ । तिमी मिलेनियर हुँदा यो मुलुक झन गरीब हुन्छ । केही त गलत हुदै छ । पक्कै तिमीलाई मन हुनेछ तिम्रो देशले काँचुली फेरेको हेर्न । तिमीलाई कठघरामा उभ्याएर तिम्री आमाले कायल पार्ने छैनन् । तिम्रो उपस्थीतीले यो माटोमा सत्ताहा चल्ने छ । तिम्रा र्भाइ बहीनीहर तिम्रो कोशेलीमा होईन तिमीमा लुटपुटीने छन् । आउ, तिम्रो माटोले यसै गरी स्वागत गर्ने छ ।

जय नेपाल !
Photo by Core DeltaV on Pexels

1 comment:

Anonymous said...

good! यो मुलुक गरीब थियो जब तिमी गरीब थियौ । तिमी मिलेनियर हुँदा यो मुलुक झन गरीब हुन्छ । केही त गलत हुदै छ ।

← Previous Post Read Previous Next Post → Read Next

About Me

My photo
I’m Human—warm like winter toast, but not especially easygoing. I write awkwardly, under my own name and sometimes as A’man(t), a medieval busker who can’t sing or dance. My name confuses people, my prose disappoints expectations, and my books are strange enough that I don’t recommend them. I listen to Jim Morrison, Jimi Hendrix, Willie Nelson, and other dead musicians. I overfeed my guppies. I’ve published books that barely explain me: Mimosa, Anugami, Who Will Bury the Dead God, The Outsider, and The Unknown Existence of Being. Cheers.

Join My Community