पराजुलिको सगरमाथाको गहिराई र आमाको सपना


अभि सुबेदिको एउटा लेखमा आसन्न भुतकालको बारे पढेको थिए र यस्तै आसन्न भुतकालमा म एक कबिता वाचन (वाचन मात्र नभएर त्यो एक अभिनय-वाचन/Spoken word piece थियो) मा पुगेको थिए । नवराज पराजुलिले आफ्नो कबिता संग्रह 'सगरमाथाको गहिराई' बाट केहि थान कबिता-अभिनय संगै बाचन गरिदेखाए । जसमा भाबनात्मक बहाव, अन्नत स्वरको आह्वान र उद्दात्त अभिनय कला देखियो । मलाई मैझारो कबितामा कबिले प्रयोग गरेको बाहिरि सौन्दर्यता (सन्देश) भन्दा पनि कबिताको संरचनात्मक तत्वले तानेको हो । भाषालाई फर्डिनाण्ड द ससुरले भनेजस्तो वर्णक्रमको एउटा टुक्रा काट्यो भने त्यसबाट अर्थ वा अबधारणा लाई छुट्याउन सकिदैन ।

त्यसै कृतिको अर्को कबिता 'सतीदेबीको गाण्डिव' मा प्रयोग भएको अनुप्रास/छेकानुप्रास अलंकार, यमक अलंकार, दृष्टान्त अंलकार, उत्प्रेक्षा अलंकार, शब्दहरुले निकाल्ने स्वर, उपबाक्य बाट बाक्यहरुलाई न्याय दिईएको, र यसमा कुनै बर्ण वा शब्द लाई निकालिदिने हो भने पुरै कबिताको संरचना बिग्रन्छ । एक ठाउँ मा 'पग्लिँदै पग्लिँदै' को पग्लिँदै निकालिने दिने हो भने वा 'सतिदेबि..सतिदेबि यादव मा' सतिदेबि निकालिदिने हो भने ससुरले भने जस्तो संकेत बिग्रन सक्छ ।

म कबितालाई गहन रुपमा ब्याख्या गर्ने सामर्थ राख्दिन तर पराजुलिले बोलचालको, ग्रामिण भाषालाइ **चमत्कार पुर्ण बिम्ब को रुपमा प्रयोग गरेका छन्** । याकोब्सनले समग्र कबितालाई संकेत मान्छन् । पराजुलिको अर्को कबिता 'रुख' मा प्रयोग संरचनात्मक बिलक्षणता ले गर्दा 'रुख' भित्रको काब्यिक सिर्जना स्पष्ट देखिन्छ । कबिता पढ्दा त्यतिबेला आनन्द मिल्छ जति बेला कबिताबाट निस्कने अर्थमा समानता नहोस्, निरन्तरता नमिलेको होस्, र त्यसबाट प्रयुक्त्त हुने अर्थ बोलचालको भाषामा भन्दा भिन्न होस् जस लक्षाणिकताले हृदय छोअोस् ।

'च्याउ' कबिताले रुसि रुप बादहरुको साहित्य केलाउने बिधिमा भनिएको 'कृतिकारको जिबनिसंग कृतिको साईनो' लाई अल्पमतमा पार्ने बिधिलाई ब्यंग गरेको छ । यदि पराजुलिले च्याउ माथिको साईनो नबताएका भए कबिता पढ्ने ले त्यसको अर्थ एक लाटि केटि माथि रचिएको रचना हो भन्न सकिदैन थियो तर त्यसबाट अर्थ भने पाठककले अनेक निकाल्थे, त्यो अनेकार्थ लाई कबिताको गुणिभुत ब्यंग मानिन्छ । यसैले समग्रमा पराजुलिका कबिताहरु **शत्तिशालि नै ठहरिए** ।

---

अर्का कबि जसले कबिताको माध्यम बाट मेरो हृदय छोए , २०१९ सालमा आमाको सपनाको लागि रिबेलियस कबि गोपाल प्रसाद रिमालले मदन पुरस्कार पाए । आधुनिक गध्य कबिताका प्रबर्तकको रुपमा चिनिएका रिमाल का अन्य कृतिहरुमा पनि उनि प्रगतिबादि नै देखिन्छन् । उनले उति धेरै कबिताहरु लेखेनन् तर जति लेखे त्यति बाट मनग्य परिचय पाए । साहित्यमा कबिता बिधाको समालोचना अन्य बिधा भन्दा गहन मानिन्छ किन पनि भने, समाजका घटक बाट कबि एक्लिन सक्दैन र उसले त्यसको गाम्भिर्यतालाई काब्यमा ढाल्छ, काब्यमा ढाल्दा भन्न खोजिएको कुरालाई सिधै नलेखेर अंलकार र जादुई ब्यंजनको संयोजन गरी जटिल पारिएको हुन्छ, जसलाई कबिको काब्य भनिन्छ । काब्यको कारक समाज हुन्छ र कबि मस्तिस्क ले समाजलाई शुक्ष्म अध्यन गर्ने क्षमता राख्छ ।

कबिताको ब्याख्या जटिल छ र त 'काब्यात्मक भाषा अध्ययन समाज' को पहिलो मान्यतामा यस्तो लेखिएको छ । 'भाषिक सामाग्रिको पुर्ण व्याख्याले मात्रै काब्यको सप्पै अर्थ निख्रिंदैन ।' मलाई रिमालको एक दिन एक चोटि, सान्त्वना, म भन्न सक्दिन जस्ता कबिताले निकै प्रभाब पारेको छ र यि सबै को माझमा आमाको सपना छुट्टै देखिन्छ जसले बिद्रोहलाई अह्वान गरेको छ । एक शताब्दी लामो जहानियाँ राणा शासनको बिरुद्दमा लेखिएको कबिताले जो कसैलाइ उद्देलित पार्न सक्छ ।

ईतिहाँसमा यस्ता थुप्रै दृष्टान्तहरु छन् जसबाट कबिताको शक्ति (काब्य-शक्ति) कस्तो हुन्छ भन्ने सजिलै अनुमान गर्न सकिन्छ । रुसि क्रान्तिका नायक लेनिन निकोलाई को काब्य ''What is to be done' बाट प्रभाबित थिए भनिन्छ । नेपालको संदर्भमा श्रवण मुकारुङ को कबिता बिसे नगर्चीको बयान ले तत्कालिन राजा बिरोधि आन्दोलनमा मुख्य प्रभाब पारेको थियो ।

रिमालको यस कबिताको एक छेउमा यस्तो लेखिएको छ ।

आमा, त्यो आउँछ र?

“हो, बा, त्यो आउँछ।

त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ।

कबिले एक क्रान्तिकारि पुरुषलाई प्रतिकको रुपमा उभ्याएका छन् र उनि भन्छन् त्यो बिहानिको सुर्य झै आउछ । बिषेसगरि यो कबितामा कबिले बिद्रोहको स्वरलाई काब्यिक ढंगले उतारेका छन् । अधर्म सित लड्नलाई क्रान्ति आवश्यक हो भन्ने मुलभाब सर्लक्क देखिन्छ ।

त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर

छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभनदा पनि

बढ्ता छोइने भएर आउँछ।”


हामिले युगान्तकारि क्रान्तिको परिणामहरु लाई देखि, भोगि सकेका छौं जसले समस्या संगै एक सुनौलो बिहानि पनि बोकेर ल्याउँछ भन्ने बिम्बलाई छुट्याउन सकिदैन । आमाको सपना कबिता त्यतिबेलाको राजनैतिक परिस्थिति संग एकाकार गर्न सक्ने उच्च आदर्श बोकेको कबिता हो र अर्को कुरा जसभित्रको प्रत्येक शब्दले राणाहरुको अत्याचार लाई ईंकित गरेको छ ।

यहाँ कबिताको बाहिरि रुपको बिश्लेषण गर्नु भन्दा भित्रि तत्व याने कि कबिताको संरचना कस्तो हो भन्ने बुझनु पर्छ । कुनै पनि कबिताले ध्वनि बोकेको हुन्छ, शब्दहरुको संरचनामा कबिले कतै ति स्वरलाई लुकाएको हुन्छ जसलाई पर्गेल्ने काम सबैभन्दा जटिल छ । काब्य समालोचनाको लागि हाल सम्म बिभिन्न समलोचना बिधिहरु बिकास भईसकेका छन् । परम्परागत सामाजपरक समालोचनाको बिकास लाई छोड्दै, कबितामा कबिले दृष्य जगतलाई हुबहु निमार्ण नगरी वर्ण, संकेत, शैलि, शब्दहरु/बिम्बहरु/रुपकहरु को पछाडि चमत्कार लुकाएको हुन्छ, त्यसलाई मिहिन ढङ्गले निकाल्ने काम नै आधुनिक समालोचना प्रबिधिको उदेश्य हो । रिमालको कबितामा यस्ता जादुहरु पर्याप्त भेटिन्छन् ।


Photo by INFINITY ADVENTURE NEPAL on Pexels

No comments:

← Previous Post Read Previous Next Post → Read Next

About Me

My photo
I’m Human—warm like winter toast, but not especially easygoing. I write awkwardly, under my own name and sometimes as A’man(t), a medieval busker who can’t sing or dance. My name confuses people, my prose disappoints expectations, and my books are strange enough that I don’t recommend them. I listen to Jim Morrison, Jimi Hendrix, Willie Nelson, and other dead musicians. I overfeed my guppies. I’ve published books that barely explain me: Mimosa, Anugami, Who Will Bury the Dead God, The Outsider, and The Unknown Existence of Being. Cheers.

Join My Community