अरुंधति रोय: The Ministry Of Utmost Happiness - एक साहित्यिक समीक्षा

 


बुकर प्राईज जिते संगै बिस बर्ष अघि फिक्सनको दुनियाबाट हाईबरनेसनमा पुगेकि सो कल्ड समाजसेवि, लेखिका अरुंधति रोय गएको साता 'The Ministry Of Utmost Happiness' संगै ब्युझिएकि छिन्, साथै फेरि एकपटक 'The God of Small Things' ले झैं तरगं थपिदिएको छ । छ्यास्! रोयको नयाँ किताब आउँदै छ रे भन्ने सुने पश्चात नै मनमा हुटहुटि भएको थियो किन भने 'The God of Small Things' को रसिलो र भब्य गद्यको स्वाद बाँकि छँदै थियो । भाषाको चलाख संरचनाले पहिलो पुस्तकलाई प्रभाबशालि बनाएकि लेखिकाको यस पुस्तकले पनि राम्रै प्रभाब छाड्ने निश्चित थियो । यस्तै पुर्व-वाहवाहि ले पनि मलाई लालचि बनाईदिएको हो । अन्तत: 'The Ministry Of Utmost Happiness' हातमा पर्यो, पढि सिध्याएँ तर यसले न्युनतर जिज्ञासा मात्रै दियो या भनु मेरो अनुमान लाई यो छनौटले बेखुस बनाईदियो । लेखिकालाई जसरि भए पनि कस्मिरि बिबाद बारे लेख्नु थियो र निबन्ध लेखिदिईन, यस्तो लाग्छ ।

कथा अनप्रिपोजेसिङ् ग्रेभयार्ड बाट सुरु हुन्छ । सुरुवात केहि दिलचस्पीनै छ । बिस्तारै बोझिलो हुँदै जान्छ, केहि पन्ना पछि नै । किताबको शिर्षक जति चाख पर्दो र अतिशयोक्ति पुर्ण छ न्यारेशन त्यति नै दुश्कर छ । कथा बिकेन्द्रित हुँदै जान्छ । यस्तो लाग्छ कथा जफत गरेर तन्काईएको हो । लेखिकाको ईच्छाहरु छरिएका छन् । कथा छिटो छिटो सुनाउन हतारो भएको हो तर पनि पुस्तकको अायतन भने भब्य छ । सांसारिक खल्लो कथाहरुको बनावटलाई करबलले पढ्दै जानु पर्छ । हिन्दुस्तानको दु:खको पर्याप्त बयान गरिएको छ ताकि पाठकहरुको करुणा बनिरहोस् । अर्को बोझ भनेको 'The Ministry Of Utmost Happiness' भित्र बारम्बार आईरहने हिन्दि र उर्दु शब्दहरु हुन् जसले मलाई अटमोष्ट ह्याप्निनेस दिएनन् र बिशेसगरी उपन्यास अंग्रेजि पहिलो भाषा हुनेहरुको लागि बुझ्न हम्मे हम्मे हुन्छ किन भने बिच बिचमा आई रहने त्यस्ता हिन्दि संबादहरुको अनुबाद पनि दिईएको छ तर पहिले पढ्दै जाँदा नै त्यसले भाषाको तत्व गुमाईसकेको हुन्छ र अर्को अन्याय भनेको उपन्यासमा पात्रहरु मात्र होईन पात्रहरुले बेलाबखत नाम पनि बदलिरहन्छन् ।

कथाहरु अघि र पछि गरेर आउँदै गर्छन् (move backward and forward in time) कसै संग सम्बन्धित होस् या नहोस् त्यसले कथामा अभिरुचि बनाअोस् या नबनाओस् कथामा यस्ता असम्बन्धित कथाहरु भने थपिदै जान्छ यसले पाठकको पाठक प्रबृत्ति गुम्छ । बिना कुनै हिन्दुस्तिनि संस्कारको र मानचित्रको ज्ञान बिना पुस्तक बुत्याउन मुस्किल पर्छ । बिचबिचमा उर्दु कबिताको टुक्रा, हिन्दि बाक्य, पञ्जावि शब्दहरुको बुहार्तन खेप्नु पर्छ । मेरो मतलब यस भन्दा अघि कुनै उपन्यासमा मुल भाषा बाहेकको भाषा लेखिएका थिएनन् भन्ने होईन तर देबनागरी बिश्व चलनचल्तिको भाषामा अल्पसंख्यामा परेको हुनाले यसको प्रयोग बिशेस गरि अंग्रेजि लेखाईमा मिंसिदा पाच्य नभएको हो र फेरि रोय का किताब अंग्रेजि भाषिको लागिनै लेखिएको हो । नबजात शिशुको जन्म बाट कथा अगाडि बढ्न थाल्छ । आमाले शिशुमा दुबै अंगको अंश फेला पार्छे, पुरुष र महिला अंग । यस पछि पात्रहरुको अोईरो लाग्छ । रोयले कथा लेख्दै जान्छिन पाठकहरु पढ्दै जान्छन् । कथा भित्र स-साना कथाहरु हुन्छ । कुनै क्यारेक्टर फ्लयासब्याकमा फस्दा कथा संग असम्बन्धित पात्रहरुलाई पनि संग संगै तान्न थाल्छ । यसको मतलब यो होईन कि कथा पुरै नाजायज छ तर यसले जटिलता र भ्रान्ति एकै साथ थपिदिन्छ । पहिला म अफ्ताबको कथामा नराम्रो संग डुबें । कथाले मलाई पछ्याउन थाल्यो । पछि मैले कथालाई पछ्याउन थालें । उपन्यासको बिच तिर पुग्दा कसैले कसैलाई पछ्याउने क्षमता राखेन ।

४६४ पेजको उपन्यास पढि सक्दा अल्छि लाग्ने राजनिति, कास्मिर मुद्दा, अातंकबादि परिणाम, मोदिका बास्तबिक राजनैतिक टिप्पणि ले गर्दा रोय का अन्य किताब प्रति पनि उत्साह र आकर्षणता हराउँछ ।

Photo by Soul Winners For Christ on Pexels

No comments:

← Previous Post Read Previous Next Post → Read Next

About Me

My photo
I’m Human—warm like winter toast, but not especially easygoing. I write awkwardly, under my own name and sometimes as A’man(t), a medieval busker who can’t sing or dance. My name confuses people, my prose disappoints expectations, and my books are strange enough that I don’t recommend them. I listen to Jim Morrison, Jimi Hendrix, Willie Nelson, and other dead musicians. I overfeed my guppies. I’ve published books that barely explain me: Mimosa, Anugami, Who Will Bury the Dead God, The Outsider, and The Unknown Existence of Being. Cheers.

Join My Community