साँडे

     

                                                                    
सायद मोबाईल सिरानी मै थियो क्यार, कानै थर्कीने गरी भाईबे्रट भयो । के चाहीयो र जोन लिनन बिहानै मेरो शिरानीमै आईपुगेझै लाग्यो । गाउँदै थिए सुरीलो लय हालेर “सोच यहाँ स्वर्ग छैन, यो सजीलो छ यदी कोशीस गर्छौ भने । नर्क छैन यहाँ भन्दा तल, मात्र हामी माथी आकाश, सोच सबै मानीस आजको लागी बाच्दै छन्’’ । मैले हात लम्काएर भयो गाउनु पर्दैन भने झै अर्लाम बन्द गरीदिए । आँखा अझै खुलेको थिएन । दाहीने तिर च्याम चुरुम तन्ना बजेको सुने, भाई अझै मस्त निन्द्रामा रहेछ । ओल्टे कोल्टे
र्फकीदै । आफ्नो परक्षिा थियो । बिहानै बिश्वबिद्यालय पुग्नु पर्ने । पुषको सुरुवाती जाडो, फेरी आज अलीक चिसो थियो क्यार । सिरक फालेर बाहीर निस्कदा लाग्यो अन्नपर्णको फेदी तिर पुग्दै छु ।

अघीको अर्लाम टोन सझीए । “सोच सबै मानिस आजको लागी बाच्दै छन्, स्वर्ग छैन, नर्क छैन ’’  यस्तै यस्तै तर मलाई लाग्यो म आजको लागी होईन भोलीको लागी बाँचीदिदैछु होईन भने यो जाडोमा किन यो परीक्षाको बोझ मेरो शिरमाथी, मेरो अनुहारमा बर्बर गम्भीर अध्यारो देखीयो । उसले त गाई दियो नै बाच्नु त हामीले छ । आज, भोली, पर्सी या सायद शताब्दीयौ सम्म......।



बाथरुम सम्म घिसारीदै पुगे तैपनी चिसो ले त र्तसाएकै थियो । नाक, कान, अनुहार सबै तिर पानीको काहाली लाग्दो चिसो स्पर्शलाई संझीन पुगे । उभीएर ऐनामा हेरे, शरीर संरक्षणको लागी आत्मा सगं बिबेचना गरे । आज मुख नधोई गईदिन्छु, मलाई कस्ले याद र्गला र । मनलाई जसै तसै बुझाएर मुख नधोई निस्कीए ।
सर्रर्रर्र......चिसो बतास कान अनी घुँडा सम्म ठोक्कीएर मुटु सम्म स्पर्श गर्दै थीए । ला ! निकै बेरपछी याद गरे, हातमा पञ्जा त भुलेछु तर संयोगबस हिजो रातीको बसाई सहरतिरै थियो तेसैले गाँउ देखीको लामो यात्रा तय गर्नु नपर्ने थियो । चिसोको पर्बाह नगरी बिश्वबीद्यालय तिर हाँनीए । मोटरसाईकलले ४० ५० को गती समाईसकेको थियो ।

अनामनगरको त्यही सडक पेटीमा अचानक महाशष्ड, चिल्ला कालफुँडे जो भयङ्कर मण्डलेश्वरको ब्यक्त्तिव धारण गरेको, देबकोटाले देखेझै पिप्पलको बोट मुनी नभई आधुनीक फोहरको डङ्गगुर तिर बसी उग्राईरहेको त्यही महाशष्ड ब्यक्त्तिव लाई आफु सामुने पाँए । हिजो भर्खर देकोटाको साँडे निबन्ध पढेको थिँए । आज अचानक त्यस्तै साँडे मेरो अघिल्तीर देख्दा हामी कोलम्बस, अमेरीका भयौं जुन गोर्लाधमा नयाँ खोज थियो, हुन पनी अहीलेको आधुनीकताले छोपीदै गएको यो शहरमा यस्तो भयङ्कर आकृती जो कैसैले भेट्टाउँदैन । म पनी देबकाटाझै एकछीन झस्कीए तर म संग मोटरसाकल थियो जुन साँडेको लखेटाई लाई माथ दिन सक्थ्यो । डर एकैछीन मा पाखालाग्यो । देबकोटाले मैतीदेबी को त्यो फाँटमा देखेको र मैले देखेको साँडेको दृश्य फटाफट मेरो दिमागमा रङ्गीन आकृती लिन थाले । देबकोटाको समय र मेरो समय बिच फराकीलो अन्तर थियो, त्यस्तै अन्तर साँडेको पनी छ होला मैले अनुमान गर्न सक्थे । मेरो काल्पनीक हातहरु साँडेको गर्धन तिर पुराएको मात्र के थिए कालफुँडे साँडको तिखो हेराईले बिहानको सुनसान सडकमा मेरो बाईकले अकस्मात फेरी गती लिदै साँडे मेरो आँखा बाट ओझेल भयो ।

घर पुग्दा नपुग्दै देबकोटा बडो तर्कशील कुन थालेका थिए ।  भयङ्कर ब्यक्तित्व भनेको पनी एक बहुमुल्य तथा चमत्करी पुर्ण बस्तु हो । दै्रपदी पनी मिमसेन पनी यस्तै हुँदा हुन् । ग्रीक कथाका र्हकुलीज लाई संझीन पुगेका थिए देबकोटाले तर मेरो वरीपरी त बलीया र शत्तीशाली मानीने आजका नेताहरु संझीन पुगे लाग्यो साँडे भन्दा पनी तगडा छन् है कसैको मुठ्ठीमा र्पनु नपर्ने, कसेको गाई गोठमा बाँधीनु नपर्ने; बढो शत्तीशाली छन् । महानगरले फोहर उठाएको हुँदो हो त यि बिचरा साँडेहरु चरन अभाबको बिशाल सिमेन्टको बल्कहरुमा कहाँ रम्न सक्थे र । धन्य ! फोहरको यिनै डङ्गगुर भित्र रमाउँन पाएका छन् । महानगरलाई एक पटक बिर बलभद्र र कालु पाँडे संझीए; बिरयोद्धा यि बिशाल साँडेहरुको संरक्षक ।

समय भन्दा केही अगाडी नै बिश्वबिद्यालय पुगे । जाडोले कक्रीएको हातले बाईक घिर्सादै एकातिर लगाए र चियाको तातो गिलास समाउन बेकरीको एउटा कुना तीर लागे । भाबनाले जती फुँई उडाए पनी यिनको एक हुँङ्गकार सामुन्ने बिचार भाब, संबेदना तर्क, कल्पना सबैको सानो पोको आखीरमा आँधीको बेग अगाडीको घाँसको रुवीको भुत्ला जस्तै निकम्मा उड्ने बस्तु हुने रहेछ । मेरो बिचार सबै त्यही साँडेको हुँकारमा अडीएको थियो । त्यो बिशालताममा अडीएको थियो । बिचारहरु चियाको तातो सुर्को संग मथीएर झन झन बिशाल रुप लिदै थिए । हाम्रो नेताहरुको पनी आकृती यस्तै हुँदो हो बिशाल, भिमकाय, शक्त्तीको एक चमत्कारी झलक, कुनै समयमा कुनै ब्यक्तित्व संग दब्नु नपर्ने । मण्डलीएपना । आफ्नै शैलीको जिबन आन्नद ।

मैले एकाध देख्ने गरेको, भेट्ने गरेको निर्बलीया, पँहेला मुख गरेका, परीश्रमले खिईएका । पर्यात्त पारीश्रमीकको अभाबमा डिच्च दाँत देखाउने युवाहरुको जमातलाई संझीए । के यिनीहरुलाई यिनै बिशााल आकारले थिचेको हो त ? के यिनै साँडेरुपी षण्ड ब्यक्तित्व को अपरीपक्वता देखी र्तसीएका हुन त ? मैले चिया पसलमा गाफीएका सबै तन्नेरी तिर आखाँ लगाए । सबैको अनुहारमा पचीसकेको सानो सुख थियो तर उत्साहा सुन्य थियो ।

अघीको त्यो साँडे अहीले मेरो अगाडी दुबै खुट्टा उठाएर उभीएको थियो; शत्तीशाली रितबाट ।
–रुमनजी चिया खाँदै ।
आच्या ! म झस्कीए । चिया छचल्कीएर हातमा पोखीयो । अहो यीनी त मेरो बिश्वबिद्यालयका बिद्र्याथी संगठनका अग्रणी नेता पो थिए मैले बिथ्थामा साँडे पो देखेछु । हुन त यिनै पछी लगाउछन् कोर्रा लगाएर बिचरा युबाहरुलाई, कसरी नभनु साँडे । मेरो बिचार चियामा पग्लीने बिस्कुटझै पग्लीएर झर्दै थियो ।
–तपाईको परिक्षा थियो हैन ? मानीस म अगाडी आएर सोध्धै थियो ।
मैले प्रतीउत्तर दिनु पुर्बनै उ हिडीसकेको थियो ।

हेलमेट आधी मुन्टो सम्म पसाएर क्लास तिर लागे । परिक्षा सुरु हुदै रहेछ । सबैलाई परिक्षाको चटारो थियो तर मेरो मस्तिष्क मा धाराबाहीक रुपमा साँडे सिर्जनशिल हुँदे थियो । साँडे अनी मनुष्य रुपी साँडे बिच भिन्नता प्रष्ट पार्न समालोचक बन्दै थिँए । मेरो बिचारलाई बिथोल्दै मेरो सहपाठी म भए तिर हुत्तीएर आईपुग्यो । आज ईक्जाम नहुने भयो रे । उ चिन्तीत देखीथ्यो । बिहानै देखी मेरो टाउकोमा साँडेको बिबीधता माथीको चिन्तन चलीरहेको थियो । मैले मनमनै भने ‘भन्नु नी त्यही साँडे लाई गएर , आखीर तिनैको लिलाचक्र त होला’ । मेरो बिचार बास्तबीकतामा बदलियो । केही बिद्यार्थी नेताहरु र्गुररररर.....भित्र छिरेर केही भन्न थाले ।
हुबहु सारशं यस्तो थियो–
बिश्बीद्यालयको चरम लापरबाही बड्दो छ । हामी बिरोधमा उत्रीन्छै । चरण बद्ध आन्दोलनको कार्यत्रम अघी सारेका छैं । यसमा तपाईहरुको निरन्तर साथ चाहान्छै । आज हुने भनीएको परीक्षा रद्ध भएकोमा हामी पनी दुखी छौं ।
म त जिल्लीए कुन साँडे हुन् जसको बिशालताले यो कलीला भबिष्य माथी निर्घात दमन गर्दै छ । यो रुप, यो बिशालता मैले नमानी नहुने भयो ।

फेरी लत्रीएर चिया पसल तिरै लागे । चिया पसलमा आँखा घुमाए त्यहाँ पनी कोही न कोही साँडे बन्दै थियो । आफ्नो षण्ड रुपलाई निर्खादै थियो । कसैको आलोचना थिएन न कसैको बिरोध तर सबै कमजोर थिए । नन्दी आभुषीत साँडेहरुले मनको कुनै कुनामा प्रकट भएर आफ्नो स्वार्थरुपी माला जप्न बाध्य बनाईएका थिए । आज अरुको मनमा के थियो थाहा थिएन । कीन परीक्षा भएन थाहा भएन तर मेरो मनले त त्यही कठोर रुपलाई गुन्दै थियो । स्याबासी दिदै थियो ।

पाप पुण्यको कुनै डर थिएन यिनीहरुलाई न त भबिष्य प्रतीको चासो । कुन प्रणय आनन्द दिलाउदो हो । कुन बासनाको लागी उत्तेजित छन् यिनीहरु । मनको कुनाबाट हवनीत हुदै निस्कीएका यिनै शब्दहरुले नयाँ सोच बनाउँदै थियो तर मैले सुनाउने र सुनीदीने कोही थिएन । मैले कुनै बिशाल आकार लिन सकीन, कुनै भिडलाई खिच्न सक्ने बुलन्द आवाज निकाल्न सकीन तेसैले चिया पसलमै बसेर आफै संग साउती गर्दै छु । मलाई आक्रोस छ मेरो अगुवाहरुप्रती, नेतृव्व प्रती । किन यिनीहरुको आकार मात्र बिशाल छ ?


Photo by PHILIPPE SERRAND on Pexels

1 comment:

Anonymous said...

really...yo xm ko time ma bihana uthna ekdam garo huncha.....liked it..

← Previous Post Read Previous Next Post → Read Next

About Me

My photo
I’m Human—warm like winter toast, but not especially easygoing. I write awkwardly, under my own name and sometimes as A’man(t), a medieval busker who can’t sing or dance. My name confuses people, my prose disappoints expectations, and my books are strange enough that I don’t recommend them. I listen to Jim Morrison, Jimi Hendrix, Willie Nelson, and other dead musicians. I overfeed my guppies. I’ve published books that barely explain me: Mimosa, Anugami, Who Will Bury the Dead God, The Outsider, and The Unknown Existence of Being. Cheers.

Join My Community